साप्ताहिक संवाददाता
नेपालमा तरकारीवाली चर्चामा रहेका बेला निर्देशक मिलन चाम्सले नायिका प्रियंका कार्कीलाई नयाँ उपनाम दिएका छन् । हाल बेलायतमा आफ्नै निर्देशनमा चलचित्र ‘ह्याप्पि डेज’ को छायांकन गरिरहेका निर्देशक चाम्सले यही चलचित्रकी मुख्य कलाकार प्रियंकालाई ‘घामवाली’ भन्ने नयाँ नाम दिएका हुन् । प्रियंकालाई नयाँ नाम दिनुको पछाडि आफ्नै कारण रहेको निर्देशकको चाम्सको भनाइ छ ।
बेलायतमा यतिबेला चिसो बढेको छ, चाम्सका अनुसार चिसोका कारण बेला–बेलामा छायांकन नै प्रभावित भैरहेको छ, तर जब–जब प्रियंकाको सट तयार हुन्छ, अचानक घाम झुल्किन्छ । दयाहाङ राईसहित अन्य कलाकारको सट लिँदा घाम बादलभित्र लुक्छ, प्रियंकाको सटमा भने बादल फाटेर झलमल्ल घाम लाग्छ । ‘एक दुई पटक मात्र भए त हुन्थ्यो नि, चाम्सका अनुसार करिब एक सातासम्म यही प्रक्रिया दोहोरिएपछि उनले प्रियंकालाई घामवाली नाम दिए ।