साप्ताहिक संवाददाता
मंसिर २४, २०७३
काठमाडौं— हास्य कलाकार तथा गायक आरपी भट्टराई (रुद्र प्रसाद भट्टराइ) को शुक्रबार बिहान बिराटनगरमा निधन भएको छ । 'लादालाम' उपनामले लोकप्रिय आरपी हास्य टेलिश्रृंखला ‘तीतो सत्य’ बाट दर्शकमाझ लोकप्रिय भएका हुन् । कार्यक्रमको क्रममा पूर्वी नेपालमा रहेको भट्टराई आज बिहान आफ्नै फूपु दिदीको घरमा मृत भेटिएका हुन् । भट्टराई चार दिनअघि बिराटनगर पुगेका थिए ।
दर्जनौं स्टेज कार्यक्रममा समेत सहभागि भैरहेका कलाकार भट्टराई कमेडी गायकको रुपमा पनि स्थापित थिए । उनले आधा दर्जन गीति एल्बम सार्बजनिक गरेका छन् । ४२ वर्षीय आरपी उच्च रक्तचाप तथा मधुमेहबाट पीडित थिए । उनका श्रीमति र २ छोरा छन् ।