साप्ताहिक संवाददाता
मंसिर २७, २०७३
‘चियर्स’ लाई नेपालीमा के भन्छन् ? यसको उत्तर नायिका केकी अधिकारीसँग छ । उनी ‘चियर्स’ लाई नेपालीमा ‘सुरुप्प’ भन्नुपर्छ भन्दैछिन् । खासमा केकीलाई एउटा ‘सुपरहिट’ चलचित्र चाहिएको छ । पछिल्ला चलचित्र ‘फन्को’, ‘हाउ फन्नी’ र ‘भाग सानी भाग’ले उनलाई चर्चा मात्र दिए, चलचित्र चलेनन् । अभिनय, सुन्दरता एवं नृत्यमा अब्बल केकीलाई अब ‘लभ सासा’को भर छ । प्रचण्डमान सिंह श्रेष्ठको निर्देशनको ‘लभ सासा’को टिजरमा केकीले बोल्ने उक्त ‘सुरुप्प’ संवादले अहिले चर्चा पाइरहेको छ । संवादले जसरी चलचित्र ‘लभ सासा’ले पनि सफलता पाए त केकीलाई फाइदै हुने थियो।