साप्ताहिक संवाददाता
निर्देशक : ग्रेथ एडवार्ड
कलाकार : फेलिसिटी जोन्स, डियगो लुना, एलन टुडेक आदि ।
‘रग वान’ हलिउडको फेन्टासी चलचित्र ‘द स्टार वार्स’कै एउटा श्रृंखला हो । वर्षौंदेखि बन्दै आएको ‘द स्टार वार्स’ श्रृंखलाले अहिले पनि दर्शकहरूको मन जितिरहेको छ । यसपटक भने यसलाई ‘रग वान : अ स्टार वार्स स्टोरी’ का रूपमा सार्वजनिक गरिँदैछ ।
आज शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आउने यो चलचित्रलाई विगतको ‘द स्टार वार्स’ भन्दा केही फरक बताइएको छ । आकाशगंगा अथवा ब्रह्माण्डबाहिरको कथा भनिएको ‘द स्टार वार्स’ श्रृंखलामा एउटा समूह ब्रह्माण्डको एउटा मृत ताराको खोजीमा छ । उक्त मृत तारामा धेरै पहिले विनाश हुँदाको अस्त्र छ । त्यसैले नायकहरूका साथ अरू पनि उक्त मृत तारा चोरी गर्न लालायित हुन्छन् । स्पेसल इफेक्टस, एनिमेसन आदिमा अब्बल मानिएको ‘द स्टार वार्स’ श्रृंखलाको यो नयाँ कथा ‘रग वान : अ स्टार वार्स स्टोरी’ दर्शकको रोजाइमा पर्न सक्छ ।