साप्ताहिक संवाददाता
लोकप्रिय रेडियो कार्यक्रम 'साथीसँग मनका कुरा' ले आजबाट सत्र वर्ष पार गरेको छ । देशका ७० भन्दा बढी एफ.एम.बाट प्रशारित हुने यो कार्यक्रमले बिशेषगरी युवाका समस्या, जिज्ञासाहरुलाई समेट्ने गर्छ । देश तथा विदेशमा रहने श्रोताहरुको उत्तिकै सहभागिता रहने यस कार्यक्रमले आज विशेष कार्यक्रम प्रशारण गर्यो ।
श्रोताहरुसम्म सहज पहुँचका लागी साथीसँग मनका कुरा कार्यक्रमले टोल फ्री नम्बर र इन्टर्याक्टिभ भ्वाइस रेकर्डर (आइभिआर) को सुबिधा दिएको छ । ‘अहिलेसम्म आईपुग्दा कार्यक्रममा तीन पुस्ताले काम गरिसकेको छ ।’ प्रस्तोता सबिन सिंहले सुनाए, ‘हाम्रो समुह रमाइलो छ । युवाको दैनिक जीवनमा आईपर्ने समस्याहरुको समाधानको खोजी गर्छौं ।’ अन्य प्रस्तोता रसिक रुचाल, मनोज बोहरा, मीरा श्रेष्ठ, सबिता आचार्य, सबिन सिंह, अंकिता जोशीले आ-आफ्ना अनुभब,अनुभुतिहरु बाँडेका थिए ।