साप्ताहिक संवाददाता
पालैपालो देश लुट्न पाएका छन् । त्यही त हो नि ।
निर्जला श्रेष्ठ
जनताले खुला प्रतिस्पर्धाको माध्यमबाट आफ्नो शासक छान्न पाउने व्यवस्था नै लोकतन्त्र हो । लोकतन्त्रमा जनता नै राज्य सत्ताका स्रोत हुन् । लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भनेकै जननिर्वाचित प्रतिनिधिद्वारा जनभावना अनुरूप राज्यको शासन व्यवस्था सञ्चालन हुनु हो ।
मधु कार्की
कानुनी शासनको प्रत्याभूति, मानव अधिकारको रक्षा, मौलिक हकको व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र र सक्षम न्यापालिका, नागरिक स्वतन्त्रता, सुशासनको प्रत्याभूति, दलीय राजनीतिक व्यवस्था, बालिग मताधिकार, विकेन्द्रीकरण जस्ता लोकतान्त्रिक मूल्य मान्यताहरूको पूर्णरूपमा प्रत्याभूति हुनुनै लोकतन्त्रका महत्वपूर्ण उपलब्धि हुन् । जुन नेपाली शासन व्यवस्थामा पूर्णरूपमा सुनिश्चित हुनसकेको देखिँदैन ।
कृष्ण ढकाल
तपाईं आफैंलाई हेर्नुस्, सारा दुनियाँलाई खुल्लम खुल्ला प्रश्न गर्न पाउनु भा’छ । यही हो उपलब्धि ।
सुरेश बस्नेत
अरू त त्यस्तै हो लोकतन्त्रको प्रमुख उपलब्धि भनेको सामाजिक सञ्जालमा आफूलाई मन लागेको कुरा ढुक्कसँग बोल्न पाइएको छ । अर्को कुरा जुनसुकै तन्त्र आए पनि देशलाई त के उपलब्धि हुनु खाली खति मात्र हुने त हो नि !
विनोद रत्न
एक राजा र राजपरिवारले गर्ने रजाइँमा ६ सय १ सभासद तथा तिनका नातेदार थपिए । यही हो लोकतन्त्रको उपलब्धि ।
सिबी बडु
नातेदारलाई रोजगारी दिलाउने, युवाहरूलाई खाडी पठाउने अनि देश बनाउने भाषण मात्र दिने, घोटाला आफू गर्ने दोष अरूमाथि थोपर्ने ।
रोज प्रिन्स
नातावाद कृपावादको जालो, योभन्दा ठूलो उपलब्धि के हुनसक्छ ?
कमल नेपाल
खुलेआम भ्रष्टाचार, हत्या, हिंसा तथा लुटपाट मौलाउनु, फोहोरी राजनीतिको विकास, अरू पनि कति हो कति उपलब्धि त ?
अन्जन सोभित
उपलब्धि भएन । देश बीस वर्ष पछाडि गयो ।
बिपिन रन्जितकार
६ सय १ को जीवनमा खुसियाली छाएको छ ।
नेपाली बाबु
नौ–नौ महिने गर्भवती सरकार, मधेस आन्दोलन, एमालेको उग्रता तथा भारतको गुलामी । अझ लेखुँ कि पुग्यो ?
विदुष
मान्छेले जे निउँमा पनि आन्दोलन गर्न पाएका छन्, विरोध जे कुराको पनि गर्न पाइएको छ यही हो ठूलो उपलब्धि । कर्तव्य के हो थाहा नपाई अधिकार चाहियो भनेर उफ्रन पाइएको छ यही हो उपलब्धि ।
जसोदा घिमिरे
मधेसी, जनजाति, दलित, पिछडिएका तथा उत्पीडितहरूले हक–आधिकार प्राप्त गरे ।
सञ्जय