साप्ताहिक संवाददाता
असार ९, २०७४
भोलि असार १० गते शनिबार साथीभाइहरूसँग हाइकिङ गरेर काठमाडौं उपत्यका वरपरका डाँडा तथा भञ्ज्याङहरूको अवलोकन गर्दै घुम्ने रहर छ भने हाइक फर नेपालले लाकुरी भञ्ज्याङदेखि रानीकोटसम्मको हाइकिङ आयोजित गरेको छ ।
भेट्ने स्थान : भृकुटीमण्डप प्रदर्शनी हल
आरम्भ : लुभु लामाटारदेखि लाकुरी भञ्ज्याङ, रानीकोट हुँदै पाइलटबाबाको आश्रम सूर्य विनायकसम्म ।
अवधि : ७ देखि ९ घण्टा
सम्पर्क : हाइक फर नेपाल (फेसबुक पेज)