देश भनेको फगत फुगलो मात्रै होईन । भुगोलले देशको सिमा निर्धारण गर्ला तर, भावना र कलाले त्यो सिमाना भन्दा निक्कै परसम्म फैलिएको छ नेपाल र नेपाली पन । त्यसैले त गतसाता शनिबार र आईतबार २ दिने हङकङ चिम सा चेइर्, स्टारफेरीमा नेपाली कला र कौशल हेर्ने पर्यटकको ठूलो भिड लाग्यो । चीनको विशेष प्रशासनिक क्षेत्र हङ्कङमा पहिलोपटक आयोजना भएको ‘हङकङ नेपाल ब्यापार मेला २०१७’को मेसो पारेर नेपाली कला, कौशल र सीपको दृष्यावलोकन गर्ने पर्यटकको भिड लागेको हो । सधैं बिदेशी कला कौशल र सभ्यताले झकिझकाउ स्टारफेरी दुई दिन नेपाली कला, कौशल र सीपले भरिएका राडिपाखी, पस्मिना, बहुमुल्य जडिबुटी, हस्तकला, वास्तुकलाले हङकङेली नेपालीहरुसागै स्थानिय र विदेशीहरुको ध्यान तानिरहेको थियो ।
चीनका लागि नेपाली राजदूत लिलामणी पौड्यालले पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा हङ्कङ स्थित नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई, दक्षिण चीनको ग्वान्झाओ स्थित महावाणिज्यदूत रवि भट्टराई, नेपाल एयरलाईन्स हङकङकी म्यानेजर सुपिया तुलाधार, उद्योग मन्त्रालयका पदाधिकारीहरु, स्थानिय संघ सस्थाका प्रतिनिधीहरु लगायतको उपस्थित रहेको थियो ।
मेलामा नेपाली हस्तकला पहिचान र संस्कृति झल्कने सामाग्रीहरुको प्रर्दशन, विक्रि वितरण गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै राजदूत पौड्यालले ब्यापार मेलाबाट चीन, हङ्कङ र नेपालको ब्यापारिक सम्बन्धलाई प्रर्वद्धन र आधुनिकीकरण गर्नका लागि पुलको काम गर्ने बताए । नेपाली पहिचान र संस्कृति झल्कने सामाग्री विदेशमा निर्यात गर्न सके यसले नेपालीको गरिमासागै अन्तराष्ट्रिय बजारको सम्भावना बढ्ने उनको तर्क थियो ।
चिनियाँ ब्यवसायी, हङ्कङका सरकारी प्रतिनिधी लगायतको ब्यापक सहभागीता रहेको कार्यक्रममा महावाणिज्यदूत कमलप्रसाद भट्टराईले अन्तराष्ट्रिय बजारमा नेपालका हस्तकला, वास्तुकला र मैलिक सामाग्री वास्तवमै भिन्न र उत्कृष्ट रहेको बताए । नेपाल र हङकङबीच ब्यापारीक साझेदारी बढ्दा चीनसागको कुटनैतिक सम्बन्ध अझ बलियो हुने बताए ।
ग्वान्झाओका महावाणिज्यदूत रवि भट्टराईले चीन, ग्वान्झाओ र मकाउ एसियाकै उत्कृष्ट ब्यापारिक हव रहेको उल्लेख गर्दै, नेपाली कला कौशललाई ब्यापार मार्फत अघि बढाए आर्थिक वृद्धिसागै नेपाललाई विश्वमा चिनाउान सकिने बताए ।
हङ्कङेली नेपालीहरुको साथ, सहयोग र सकारात्मक प्रतिक्रियाले विदेशी भूमि हङ्कङमा पहिलोपटक ब्यापार मेला आयोजन गर्न सम्भव भएको आयोजक तथा हङ्कङ ब्यापार संघका अध्यक्ष प्रकाश पुन बताउाछन् । आगामी दिनमा ब्यापार मेलालाई अझ परिस्कृत र सुब्यवस्थित बनाउादै नेपाली सीपलाई अन्तराष्ट्रिय बजारमा पुर्याउाने कार्य जारी राख्ने उनले बताए ।
हङ्कङ ब्यापार संघको सक्रियतामा आयोजना गरिएको ब्यापार मेलालाई नेपाली महावाणिज्यदूतावास, नेपाली एयरलाईन्स, नेपाल पर्यटन बोर्ड, नेपाल लगानी बोर्ड र ब्यापार प्रर्बद्धन केन्द्रले सहयोग गरेको थियो । मेलालाई उत्कृष्ट र भब्य बनाउानका लागि पूर्व मिस नेपाल सुगरिका केसी, प्रविधि विशेषज्ञ महाबीर पुन, संञ्चारकर्मी शिरोमणी दवाडी लगायतको सहभागीता थियो ।
तस्बिर : ज्याप स्टुडियो