साप्ताहिक संवाददाता
अनुभवीहरूले केही भन्दैनन् । आफूले कसैलाई प्रपोज गरिएको छैन । आउने दिनमा कहिल्यै प्रपोज गरिएछ भने अवश्य जानकारी दिउँला है ।
- कृष्णप्रसाद भुसाल
अहिलेसम्म कसैलाई प्रपोज गरिएन र भविष्यमा पनि गरिँदैन ।
- मिलन
बहुत रमाइलो, आनन्द आउँछ ।
-विक्रम दाहाल
नपाएसम्म कस्तो, पाएपछि सस्तो..... जस्तो लाग्छ... भनेर नि के भन्नु ।
- खेम गुरुङ
स्वीकार भयो भने त मन चङ्गा भएर उड्छ नि । तर क्यार्नु ? स्वीकार नगरेर पो मार्यो त ।
- दीपक गुरुङ
बूढीले था’पाई भने मार्छे भन्ने भावना आउँछ ।
- राम थापामगर
खुसीले रुन मन लाग्छ ।
- सिक विज्डम
कसैले स्वीकार गरे पो थाहा हुनु ।
- इन्द्र चौधरी
के हुनु, केही पनि हुँदैन । दोस्रो खोज्ने आँट आउँछ ।
- शिव काफ्ले
त्यो त अवस्था हेरेर हुन्छ । अब यही हुन्छ भन्ने ग्यारेन्टीचाहिं हुँदैन ।
- वसन्तकुमार तामाङ
म आफूलाई संसारकै ठूलो मान्छे मान्थें ।
- दिनेश रोका
यो त अनुभवीहरूलाई थाहा होला ।
- अशोक शाह
ममा त कुनै भावना आउँदैन, चाहना मात्र आउँछ ।
- बिरु दा
ल भोलिदेखि त दिन आयो भनेर उफ्रिन्थें ।
- आरक्ष घिमिरे
लाग्छ, म पनि कसैका लागि स्पेसल रहेछु । कसैले मलाई पनि माया गर्दो रहेछ, विश्वास गर्दो रहेछ र सम्भवतः म सही थिएँ— ऊप्रतिको सोचमा ।
- प्रकाश ओझा
आँटेका कुरा सबै पूरा हुन्छन् जस्तो अनुभूति हुन्छ ।
- कमल क्षेत्री
केटी साथीलाई घुमाउने, ख्वाउने खर्चका बारेमा सोच्न थाल्छु— तनाव बढ्छ ।
- मनोज बराइली
वरिपरि केही देखिँदैन । पूरै वातावरण प्रेममय हुन्छ ।
- प्रदीप पोखरेल
अनि झल्याँस्स निद्राबाट बिउँझन्छु ।
- विशाल भण्डारी
संसार जितेजस्तो हुन्छ ।
- रोशन अधिकारी
प्रपोज गर्नैपर्छ र ?
- मिमिरे
खुसियालीको भाव आउँछ ।
- गोपाल पौडेल
प्रपोज गर्ने स्टाइल नै भएन कि क्या हो ? खै अहिलेसम्म कसैले स्वीकार गरेका छैनन् ।
- राई चाम्लिङ विश्वास
कस्तो प्रपोज हो त्यसमा भर पर्छ । जस्तै : दारु खाने प्रस्ताव स्वीकार गरे यसो दुःख–सुखका गफ गर्ने साथी भेटियो भन्ने भावना आउँछ ।
- उल्लू द ब्याड ब्वाय
मेरो सामु समुद्र भए त्यसैमा हामफाल्थें ।
- सन्दीप सुवाल
सालीहरूले जुत्ता लुका’को कल्पना गर्छु ।
- सनिन महर्जन
मन चङ्गा हुन्छ ।
- रवीन्द्र मल्ल ठकुरी
सपना हो कि बिपना हो भनेर एकपटक आफैंलाई चिमोट्छु ।
- डिल्लीराज पाण्डे
नाईं, मलाई थाहा छैन ।
- उज्वल श्रेष्ठ