साप्ताहिक संवाददाता
श्रावण ६, २०७४
भोलि शनिबार पोखरामा अनुप्रस्थ ब्यान्डले प्रस्तुति दिँदैछ । पोजेटिभ भाइभ्सको यो कार्यक्रममा अनुप्रस्थले लेकसाइडस्थित रोलिङ स्टोन रक बारमा आफ्ना गीतमार्फत रक पारखीहरूलाई झुमाउनेछ । कार्यक्रम साँझ ७ बजे सुरु हुने बताइएको छ ।
‘ह्वाट टु डु काठमाडौं’ एल्बम टुर लिएर देश दौडाहमा निस्किएको अनुप्रस्थले यसअघि नारायणगढ, बुटवल तथा काठमाडौंमा आफ्नो प्रस्तुति दिइसकेको छ । अनुप्रस्थ साउन १६ गते धरान तथा १७ गते झापाको दमक पुग्नेछ ।