श्रावण ९, २०७४
२०१२ देखि प्रोफेसनल टेनिसको करिअरमा होमिएकी गार्बिन मुगुरुजा भेनस विलियमलाई विम्बल्डनको फाइनलमा पराजित गरेपछि टेनिसकी नयाँ सुन्दरीका रूपमा प्रकट भइन् । गत वर्षको महिला एकलको फ्रेन्च ओपन जितेकी गार्बिनले स्पेनका तर्फबाट सन् १९९४ पछि पहिलो पटक फ्रेन्च ओपन जितेका कारण पनि सबैको ध्यान आफूतर्फ तानिन् ।
फ्रेन्च ओपनका विजेताहरूका लागि आयोजित डिनरमा आफ्ना प्रशिक्षकसँग सेतो गाउनमा पुगेकी गार्बिनाले त्यहाँ रहेका धेरै आगन्तुकको ध्यानसमेत आकृष्ट गरिन्, किनभने आठ पटक विम्बल्डन जितिसकेका रोजर फेडेरर उक्त कार्यक्रममा पुरानै अनुहार थिए । भेनेजुएलामा स्पेनिस बाबु र भेनेजुएलिन आमाबाट जन्मिएकी गार्बिन सानै उमेरमा स्पेन पुगेकी हुन् । २३ वर्षीया गार्बिन ६ फिट अग्ली छिन् ।