साप्ताहिक संवाददाता
श्रावण १३, २०७४
क्यानन केपीए वेडिङ फोटो अवार्ड–२०१७ को उपाधि चितवनका सुमन सापकोटाले जितेका छन् ।
काठमाडौं फोटोग्राफर संघद्वारा आयोजित उक्त अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले खिचेको फोटोले प्राप्त गर्यो भने तेस्रो पुरस्कार काठमाडौंकै मनोजरत्न शाहीले खिचेको फोटोले पायो ।
विजेताहरूलाई क्याननका विभिन्न मोडलका क्यामेरा प्रदान गरिएको थियो । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत साउन ९ देखि ११ गतेसम्म सहभागी तथा विजेता तस्बिरहरूको प्रदर्शन भएको थियो ।