साप्ताहिक संवाददाता
श्रावण १७, २०७४
बेलायतको केन्टमा वार्षिक रूपमा मड टग (हिलोमा डोरी तान्ने) प्रतियोगिता आयोजित गरिन्छ । एमेजनको लडाकु राजकुमारीको भेषमा खेलिने यो प्रतिस्पर्धा पर्यटकीय दृष्टिले समेत धेरैको आकर्षकमा पर्दै गएको छ । स्थानीय बासिन्दाहरूले ओएस्टर फेस्टिभल नामकरण गरेको यो प्रतियोगितामा सहभागीहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ ।