श्रावण २३, २०७४
बलिउडमा क्युट अभिनेत्रीको उपाधि पाएकी कृति सेनले आफ्नो तीन वर्ष लामो करियरमा भिन्न–भिन्न भूमिका निर्वाह गरिसकेकी छिन् । यतिबेला उनी चलचित्र बरेली की बर्फी को प्रतीक्षामा छिन् । यो चलचित्रले आफ्नो करियरलाई माथि उठाउने अपेक्षा उनको छ ।
यो चलचित्रमा उनले युपीकी युवती बिट्टीको चरित्र निर्वाह गरेकी छिन् । दिल्लीकी यी अभिनेत्री उत्तर प्रदेशको वातावरणसँग राम्रै परिचित छिन् । चलचित्रको छायांकनअघि उनले झन्डै दुई साता लखनउमा बिताएकी थिइन् । त्यसक्रममा उनले त्यहाँका युवतीहरूसँग पनि संगत गरिन् । बरेलीसहितका स–साना सहरमा छायांकन गरिएको यो चलचित्र तीन सातापछि दर्शकमाझ आउँदैछ ।