साप्ताहिक संवाददाता
श्रावण २७, २०७४
हरेक वर्ष सिएनआई नेपालले आयोजना गर्ने स्प्ल्यास ग्य्रान्ड गेट सेक्सी पुल पार्टी टुर आज शुक्रबार प्रारम्भ हुँदैछ ।
आज शुक्रबार दिउँसो नेपालगन्जको स्प्ल्यास जोनबाट सुरु हुने पुल पार्टीमा यस पटक डिजे नानी, डिजे नुतन, गायिका रविनासिंह ठकुरी र फरी खान, नृत्याङगनाहरू सुस्मिता शाही र रीमा मगर, नेपहप क्र्यु एवं आवाज ब्यान्डको प्रस्तुतिसँगै रवि बस्नेत काजी र कविता विष्टको एमसी रहनेछ । नेपालगन्जपछि यो टुर काठमाडौं, भरतपुर, विराटनगर तथा पोखरा पुग्ने बताइएको छ ।