साप्ताहिक संवाददाता
साउन आफैंमा विशेष महिना हो । यो महिनाभर मांसाहारी भोजन नगरी बस्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । साउन महिना सकिने र तीज आउने बीचको समय कम भएकाले दर खाने–ख्वाउने कार्यक्रममा कमी आएको हो ।
- मदन गोपाल, गायक
साउनको व्रतका कारणले भन्दा पनि सभ्य तरिकाबाट तीज मनाउनुपर्छ भन्ने मानसिकता विकास भएकाले होला ।
- गीता अधिकारी, सञ्चारकर्मी
केही असर त परेको हुनसक्छ, तर यो कुरा शतप्रतिशत सही चाहिँ होइन ।
- मीना पोखरेल निरौला, गायिका
यो सकारात्मक संकेत हो । गएका वर्षहरूमा एक महिना अघिदेखि नै पार्टी प्यालेसहरूमा तडकभडकका साथ तीजका कार्यक्रम आयोजित भएको देखिएकै हो । साउनले गर्दा पनि त्यस्तो तडकभडकमा कमी आएको छ, यो राम्रो सुरुवात हो ।
- ऋषिराज आचार्य, निर्देशक
खै, यो प्रश्न नै बुझिएन ।
- रेनुकासिंह ठकुरी, मोडल
घटेको होला त ? होइन होला ।
- सुरेन्द्र बसेल, नृत्य निर्देशक
होइन होला त्यस्तो त । बरु दिदी–बहीनीहरूलाई धेरै दर खाएर मोटी हुन्छु कि भन्ने डर लागेको होला । अर्को कुरा आफ्नो काममा धेरै व्यस्त भएर पनि हुनसक्छ । मलाई त लाग्छ दर खाँदै हिँड्नुभन्दा फेसबुकमै साथीहरूसँग रमाउन पाइने भएर पनि होला यस्तो देखिएको ।
- ऋतु कँडेल, गायिका
खोई थाहा भएन ।
- सुरक्षा भट्टराई, सञ्चारकर्मी
म अहिलेसम्म तीजको व्रत बसेकी छैन, बरु दर चाहिँ बाहिर होइन घरमै खान्छु । त्यसैले थाहा भएन ।
- सुरबिना कार्की, अभिनेत्री
होइन होला, धेरै ठाउँमा दरका कार्यक्रम भैरहेका छन् । महिलाहरूलाई रमाइलो गर्न कुनै पनि कुराले रोक्न सक्दैन ।
- राशी कोइराला, व्यवसायी
पहिले तीजको बहानामा ढुकुटी खेल्ने महिलाहरू धेरै हुन्थे । ढुकुटी बन्द भयो, त्यसैले तीजको दर खाने कार्यक्रममा पनि कमी आएको छ । नभए त असारदेखि नै तीज लाग्थ्यो केही महिला दिदी–बहिनीलाई ।
- सिर्जु बराल, मोडल
गएका वर्षहरूमा तीज अलिक पछि हुन्थ्यो, भदौको सुरुदेखि नै दर खाइन्थ्यो । अहिले साउने व्रत बस्नु परेको छ अनि लगत्तै तीज छ । व्रत भएका कारणले पनि तीजका कार्यक्रम कम भएका हुन् ।
- मञ्जरी गैरे, सञ्चारकर्मी
मेरा महिला प्रशंसकहरूसँग सोधेर यसको उत्तर दिन्छु ल ?
- प्रमोद खरेल, गायक
हुनसक्छ, तर खानेले खाइरहेका छन् । उनीहरूका लागि एक डेढ महिना अघिनै दरको कार्यक्रम सुरु हुन्छ ।
- सशान कँडेल, संगीतकर्मी
खोई, होइन होला ।
- बाबी रोशा ढकाल, गायिका
खाने मुखलाई जुँगाले कहाँ छेक्ला र ? तर महिलाहरूले तिजको महत्व बुझे जस्तो लाग्यो । पन्चाङ निर्णायक समितिले तोकेकै दिन मात्र दर खाएर तीज मनाए स्वास्थ्यमा असर नपर्ने भनेपछि सचेत पनि भएका होलान् ।
- नवल नेपाल, निर्देशक
हो, यसपाला साउन सकिने बित्तिकै तीज परेकाले घटेकै हो ।
- समरा लामा, सौन्दर्यकर्मी
म त अस्ट्रेलियामा तीजका कार्यक्रमहरूमा सहभागी भैरहेकी छु । अहिले देशतिर के भैरहेको छ ? थाहा पाउन पाएकी छैन ।
- वर्षा राउत, अभिनेत्री
त्यस्तै लाग्यो । दर खाने कार्यक्रमको रौनक धेरै घटेको छ ।
- सान्द्रा पुन, सौन्दर्यकर्मी
दरमा मासु र मदिरा नभई नहुने प्रवृत्ति हावी भएकाले साउनमा दर खाएको कम देखिएको हो, तर महिनौं अघिदेखि दर खाने नाममा गरिने तामझाम भने कम भएको छ ।
- जीवन पराजुली, सञ्चारकर्मी
अहिलेसम्म मैले तीजको व्रत लिएकी छैन । लिइहाले भने पनि महिनौं अघिदेखि तडकभडक
देखाउँदै दर खाएको मलाई मनपर्दैन ।
- नीता ढुंगाना, अभिनेत्री
तपाईं कहाँ हुनुहुन्छ ? धमाधम खाइरहेका छन् नि ।
- कृति खरेल, मोडल
यो पाली पोहोर–परार जस्तो दरको चहलपहल महसुस भएको छैन । बजारमा पनि तीजको खासै रौनक देखिँदैन ।
- रोशन प्रसाइँ, विज्ञापन व्यवसायी
मलाई त तीज मनपर्दैन । साउनको सोमबार व्रत बस्छु । भडकिलो ढंगका दर खाने कार्यक्रममा निमन्त्रणा भए पनि सहभागी हुन्न ।
- पूजा शर्मा, अभिनेत्री