साप्ताहिक संवाददाता
भाद्र १०, २०७४
आज भदौ १० गते शनिबार पोखरामा एउटा कन्सर्ट हुँदैछ । प्राकृतिक प्रकोप पीडितहरूको सहयोगमा नेपाल तरुण दल, कास्कीको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा गायक कर्णदास, विवेक श्रेष्ठ, रामभक्त जोजिजू, विनोद बानियाँ, इतु जोजिजू, योगेश काजी, मर्कुसदास आदि कलाकारको प्रस्तुति रहनेछ भने हिमाली सांस्कृतिक परिवार तथा नेपाल लोकतान्त्रिक सांस्कृतिक संघ कास्कीको प्रस्तुतिसमेत समेटिनेछ ।
‘आपतमा राहतको हातेमालो’ शीर्षक दिइएको कन्सर्ट दिउँसो २ बजे पोखराको चिप्लेढुङ्गा मानवअधिकार चोकमा प्रारम्भ हुनेछ । कन्सर्ट हेर्न कुनै रकम तिर्नुपर्नेछैन, तर उपस्थित दर्शकले आफ्नो इच्छाअनुसार सहयोग गर्न भने सक्नेछन् ।