साप्ताहिक संवाददाता
हेलेन पाख्रिन फिल्मस् प्रोडक्सनमा निर्माण भएको चलचित्र टिनएजको फष्टलुक सार्वजनिक भएको छ । फष्टलुकका साथमा चलचित्रको पोष्टर, ट्रेलर तथा गित सार्वजनिक गरिएको छ । दुइ दशक देखि चलचित्र क्षेत्रमा सक्रिय नृत्यनिर्देशक दिनेश पाख्रिनले चलचित्र टिनएजलाइ निर्देशन गरेका छन् ।
स्व. बसन्त जंग रायमाझिको कथामा सुमन उप्रेतिको पटकथा सम्बाद रहेको चलचित्रका गितमा बिकाश चौधरी र बसन्त सापकोटाको संगीत दिएका छन् । चलचित्रमा किशोरावस्थामा हुने प्रेम, रोमान्स, बदला तथा बियोग ले निम्त्याउने घटनालाई उठान गर्न खोजेको फिल्म निर्माण युनिटले जनाएको छ ।
चलचित्रमा एन्जिला खड्गी, नरेश बिर सिं, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बिरु मगर, चिनिमाया वाइवा, देबिका खड्का र निर्मल स्याङतानले सयुक्त रुपमा लगानी गरेका छन् । चलचित्र असोज २७ देखि प्रर्दशन हुदैछ ।