साप्ताहिक संवाददाता
भाद्र २७, २०७४
रिच ईन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा नयाँ फिल्म ‘मान्दैन यो मन’ निर्माण हुने भएको छ । दशैंपछि छायांकन हुने प्रेम र द्वन्द्वप्रधान कथामा आधारित रहने छ ।
सोम कुस्कुमाझीले निर्देशन गर्ने फिल्ममा कलाकार करण श्रेष्ठ र नायिका जोश्ना घले मुख्य भूमिकामा देखिने भएका छन् । अन्य कलाकार भने खोजी भैरहेको निर्देशक कुस्कुमाझीको भनाई छ ।
फिल्ममा विष्णु क्षेत्री, राजेश खड्गी, खेमनारायण सापकोटा र निलम केसीको लगानी रहने छ ।
काठमाडौं, पोखरा, जोमसोम र सिन्धुपाल्चोकमा छायांकन हुने फिल्ममा बादल लिम्बुको संगीत रहनेछ ।
करिब दुई दर्जन फिल्ममा अभिनय गरिसकेका कलाकार करण यो फिल्ममा नयाा गेटअपमा प्रस्तुत हुादैछन् ।