पोखरामा आयोजित अन्तर क्लव पावर लिफ्टिङ प्रतियोगीताको उपाधि महिला तर्फ बुल्स जिमकी दिया राना र पुरुषतर्फ निरज गुरुङले जितेकी छिन् । रानीपौवा स्पोर्टस सेन्टरको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रतियोगीतामा विभिन्न तीन इभेण्टमा प्रतिस्पर्धा गराई ओभरअलमा प्रतिस्पर्धा गराईएको थियो । बेन्च प्रेस (बेन्चमा सुतेर तौल उठाउने), डेड लिफ्ट (हात सुल्टो र उल्टो बनाई तौल उठाउने), र स्क्वाड (तौललाई काँधमा राखेर उठाउने)मा प्रतिस्पर्धा गराइएको हो ।
रानाले ओभरअल प्रतिस्पर्धामा कुल १९० केजी तौल उठाउादै च्याम्पियन बनेकी हुन् । डेड लिफ्टमा पुनम परियार प्रथम भएकी थिईन् । निरज गुरुङले समग्रमा ४८० केजी उठाए । डेड लिफ्टमा मिथुन गुरुङले २१० केजी उठााउदै प्रथम भएका थिए । बेन्च प्रेसमा राजन श्रेष्ठले १४० केजी उठाउादै प्रथम भए । निरज गुरुङले डेड लिफ्टमा १९०, बेन्च प्रेसमा १३० र स्क्वाडमा १६० केजी उठाउादै च्याम्पियन बने ।
प्रतियोगीतामा महिला तर्फ ६ जना र पुरुष तर्फ विभिन्न जिम क्लबका २२ जना लिफ्टरको सहभागिता रहेको थियो ।