साप्ताहिक संवाददाता
आश्विन ८, २०७४
चलचित्र ‘मेरो पैसा खोई’को गीत रिलिज भएको छ । असोज ११ अर्थात फूलपातीबाट प्रदर्शनको प्रचार गरिएको यो फिल्मको २ दिन अघि मात्रै सार्वजनिक गरिएको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र वर्षा राउतको विवाह देखाईएको छ । सार्वजनिक ‘ओ कान्छी’ बोलको गीतमा भने गायक प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन् ।
गीतमा दयाराम पाण्डेको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रमा सौगात र बर्षाको साथमा छुल्टिम गुरुङ, सागर तिवारी, बुद्धि तामाङ, प्रमोद अग्रहरी, दयाराम पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रोज रानाले निर्देशन गरेका हुन् भने उमा केसीको लगानी रहेको छ ।
गीतको म्यूजिक भिडियो