साप्ताहिक संवाददाता
अक्षर काकाका नामले परिचित पत्रकार रामनाथ खनालको पहिलो कृति हो- देउती । यो पुस्तकमा पुरातन एवं आधुनिक समाजको चित्रण छ ।
नेपाली समाजमा हिजो र आज विद्यमान महिलाको स्थानलाई देउतीले छर्लङ्ग देखाएको छ । यो उपन्यासमा नेपाली समाजको कथालाई मीठो र सुरुचिपूर्ण ढंगमा प्रस्तुत गरिएको छ । राणा शासनदेखि गणतन्त्रसम्म आइपुग्दा धेरै व्यवस्था फेरिए, तर जुन व्यवस्थामा पनि नारीको शीरमाथि गीर नै खेलियो ।
परिवर्तनका नाममा एकाध महिला सत्तामा पनि पुगे, तर उनीहरू पनि प्रकारान्तरले पितृ सत्ताकै सिकार भए । उपन्यासकी मूल पात्र देउती आमनारीकी प्रतिनिधि पात्र हुन् जो संघर्षशील छिन् र जीवनमा आइपर्ने अप्ठ्याराहरूसँग हिम्मत नहारी अघि बढ्छिन् । यो उपन्यास तमाम आमा, दिदी–बहिनीहरूको कथा हो । सांग्रिला बुक्सद्वारा प्रकाशित यो उपन्यासको मूल्य ३ सय ३३ रुपैयाँ छ ।