साप्ताहिक संवाददाता
साताको अन्तिम दिनलाई रमाइलो बनाउँदै रिफ्रेस हुनेहरू पोखराको लेकसाइडस्थित इमोन्स क्याफे द रक बार पुग्ने गरेका छन् । हरेक दिन संगीतको तालमा रमाउँदै विभिन्न परिकारको स्वाद चाख्न पाइने यो बारमा शुक्रबार र शनिबार आभाष नेपाल ब्यान्डले प्रस्तुति दिन्छ । यो ब्यान्डका साजन, सौगात, सरोज, सुमित र मनिषको प्रस्तुतिले त्यहाँ पुग्ने जो कोहीलाई आनन्द प्रदान गर्छ ।
आइतबार र सोमबार द प्रोभर्स ब्यान्डका गगन थापा, धीरज गुरुङ, सुमन परियार तथा सुनिल परियारले स्टेज सम्हाल्छन् । बाँकी दिनमा पनि अन्य ब्यान्डले नेपाली, अंग्रेजी तथा हिन्दी गीत सुनाउँदै संगीत पारखीहरूको इच्छा पूरा गर्छन् । यो बारमा उपलब्ध इन्डियन, चाइनिज, कन्टिनेन्टल, मेक्सिकन, इटालियन तथा नेपाली खानेकुराको स्वादले ग्राहकहरूको इच्छा पूरा गर्छ । यहाँ पाइने फायरउड पिज्जा ग्राहकले विशेष रुचाउँछन् । संगीतको तालमा विभिन्न ब्रान्डका मदिराको चुस्की लिँदै पोखरा बसाइलाई रमणीय बनाउन युवा–युवतीहरू त्यहाँ पुग्छ्न ।
बिहान ११ बजेदेखिनै खुल्ने यो क्याफेमा बेलुका ८ बजेदेखि ११ बजेसम्म लाइभ म्युजिकमा रम्न पाइन्छ ।