नेपालका विविध क्षेत्रप्रति व्यङ्ग गर्दै रचना गरिएका केहि थान कविता ‘आलु पार्टी’मा वाचन गरिएको छ । हरेक वर्ष काग तिहारका दिन बरिष्ठ हास्य व्यङ्गकार लेखक राम कुमार पााडेको निवासमा आयोजना हुँदै आएको ‘आलु पार्टी’ यो साल पनि सम्पन्न भएको छ । ‘आलु पार्टी’का सभापति समेत आलुबाटै निर्मित सालिकलाई बनाईएको थियो । सामुहिक रुपमा खाउ आलु भन्दै देउसी खेलेर कार्यक्रमको थालनी गरिएको कार्यक्रममा करिव ४५ कविले आफ्ना कविता सुनाएका थिए ।
हरेक कार्यक्रमको प्राय दीप प्रज्वलन गरेर उद्घाटन गर्ने परम्परा छ । तर, आलु पार्टीमा भने अलि फरक दृष्य देखिएको । शंख ध्वनी सहित आगोमा खुर्सानीको धुप हालेर सुभारम्भ गरिएको कार्यक्रमको उदेश्य देशको बकृति र बिसागतिका पिसाच देशबाटै भागुन भन्ने रहेको आयोजकको भनाई छ ।
२०३४ सालबाट प्रारम्भ भएको उक्त कार्यक्रममा ‘आलु’ रचना प्रस्तुत गर्नुका साथै आलुकै परिकार बाँडिएको थियो ।
नेपालको ऐतिहासिक लोकप्रिय हाास्य व्यङ्ग कार्यक्रम ‘आलु पार्टी’को निककै प्रशंशा सुनेर पहिलो पल्ट कार्यक्रममा पुगेकी हास्यकलाकार निरु खड्काले आलुका बारेमा ए देखि जेटसम्मका विभिन्न व्यङ्गत्मका वाक्यहरु बनाएर सुनाएकी थिईन । यस्तै कार्यक्रममा हास्यकलाकार जितु नेपाल, दमन रुपाखेती, केदार घिमिरे माग्ने बुडा,कमल मैनाली लगायतका कलाकारको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रमको प्रमुख आकर्षणको रुपमा ‘प्रचण्डको सन्यास’ नामक प्रहसन रह्यो । प्रहसनका प्रचण्डको भुमिकामा देखिएका घनश्याम गौतम र केपी ओलीको भुमिकामा देखिएका सुरेस तिमल्सिनाले सबैलाई हसाएका थिए ।
बरिष्ठ निर्देशक यादब खरेलको समेत उपस्थिति रहेको आलु पार्टीमा बिरगन्जका हास्य ब्यङ्ग लेखक बिनोद तिमल्सिनको पुस्तक ‘बिनोदको ब्यङ्गबाण’ समेत लोकार्पण गरियो । आलु पार्टीमा वाचन भएका सिर्जनाको संगालो निकाल्नुका साथै कलाकारका लागि हास्ने घर निर्माण गर्ने योजना रहेको ‘आलु पार्टी’का प्रचार प्रसार सायोजक घनश्याम गौतमले जानकारी दिए ।