मंसिर ४, २०७४
निर्माता अरबाज खानले सन् २०१८ को प्रारम्भदेखि नै चलचित्र दबंग–३ को निर्माण प्रारुम्भ हुने घोषणा गरे लगत्तै उक्त चलचित्रकी अभिनेत्री को हुनेछिन् भन्ने कुराले चर्चा पाइरहेको थियो । बलिउडका अधिकांश अभिनेत्रीले उक्त चलचित्रमा चुलबुल पाण्डे अर्थात् सलमान खानको जोडी बन्ने आकांक्षा प्रकट गरेका थिए ।
विभिन्न अभिनेत्रीको नाम अघि आइरहेका बेला दबंग तथा दबंग–२ की अभिनेत्री सोनाक्षी सिन्हाले आफू नै दबंग–३ को अभिनेत्री हुने कुरा सबैलाई जानकारी गराएकी छिन् ।
पछिल्लो समय सलमान खानसँग बोलचाल बन्द भएको तथा सम्बन्ध बिग्रिएको कुरालाई गसिपका रूपमा व्याख्या गर्दै सोनाक्षीले दबंगका प्रत्येक श्रृंखलामा आफू नै पहिलो च्वाइस हुने धारणासमेत सार्वजनिक गरेकी छिन् । अरबाज तथा सलमानले भने यो विषयमा मुख खोलेका छैनन् ।