साप्ताहिक संवाददाता
आमाले कचकच गरेपछि ।
प्रसन्न जी
उमेर यति, उति भन्दा पनि मान्छेले जुन बेला आँट्छ, त्यही बेला उपयुक्त हो ।
उज्ज्वल शाही ठकुरी
१६ वर्ष ।
सुस्मिता
यो त व्यक्तिको सोचाइमा भर पर्ने कुरा हो । जब जीवनसाथिको चाहना हुन्छ, त्यही नै उपयुक्त समय हुन सक्छ ।
सुष्मा राई
मेरो त अनुभव नै छैन । खै के भनौं ?
कुमार पंकज
२६ देखि २८ ।
अमृत
भोट हाल्ने उमेर १८ अनि विवाह गर्ने २१ वर्ष । यसको मतलब देश चलाउन स्वास्नी पाल्नभन्दा सजिलो ?
कोविद कार्की
साढे २१ वर्ष ।
सोल्टी
बाउसँग सोध्नुपर्छ ।
आर्यपुत्र
जब श्रीमतिको इच्छा पूरा गर्न सकिन्छ, आधारभूत आवश्यकताहरू पूरा गर्न सकिन्छ भन्ने हुन्छ तब गर्दा हुन्छ ।
सन्तोष गुरुङ
मेरो उमेर ३० वर्ष भयो । खोई, अहिलेसम्म विवाह भएको छैन । भनेपछि मेरो उमेर पुगेको छैन ।
दीपक तामाङ
२६ वर्ष ।
अप्सरा शर्मा
जीवनमा खुसी हुनु छ भने विवाह नगर्नु नै बेस हुन्छ ।
सुलोचना परियार
लगन जुरेपछि ।
शिव अर्याल
कानुनले नै केटीको १८ र केटाको २१ वर्ष भनेर तोकेको छ । यसमा केही आधार त
पक्कै होला ।
तेजेन्द्र जिसी
मेरो विचारमा त १६ नै हो ।
अर्चना चापागार्इं
जतिबेला मन लाग्छ त्यतिबेला ।
रोजन भट्टराई
२५ वर्ष उपयुक्त होला ।
सुरेन्द्र साम्पाङ, हेमराज खड्का
३६ सही होला कि ?
देब नेपाल
केटाको २८ र केटीको २४ वर्ष ।
अफ्रिकने गोर्खाली
बैंस आएपछि ।
पी. काफ्ले
केटाहरूका लागि २६ देखि २८, केटीहरूका लागि २४ देखी २५ । आफ्नो लक्ष्य प्राप्त गरिसकेपछि विवाह गर्नु उपयुक्त हुन्छ ।
सन्देश पाठक
जहिले विवाह गर्न मन लाग्छ तहिले । यो साप्ताहिकले पनि के–के सोध्छ के–के । मान्छेलाई कति पैसा भए पुग्ला ? जन्म दिने आमा, बुबालाई कति माया गरे पुग्ला ? यो पनि सोध्ने कुरा हो र ?
केशवबहादुर कुँवर
आफ्नो बाउलाई सोधे भैगयो नि । के क्याङ–क्याङ गरिरा’को यता ?
उल्लास
२५ देखि ३० सम्म ।
सन्तोष थापामगर
केटीको उमेर २३ देखि २४, केटाको उमेर २७–२८ ।
सृजना
एकबीसे ५ लाइयो । हेर्नुस्, रहर ला’को पनि चार वर्ष भैसक्यो । मैले त मेसै पाइनँ कहिले उपयुक्त, कहिले अनुपयुक्त ?
मिठाईलाल
चालीस कटेसि रमाउँला ।
सोल्टी
खै, मचाहि एक दिन राति बाउसित सुत्या थिएँ । बिहान आमासित छोराको बिहे गर्ने बेला भएछ भन्दै थिए बाउ ।
विरु द्या
बैंसले कुत्कुत्याएपछि नि हौ ।
पूण्य भण्डारी
पुरुष भए २७ देखि ३३, महिला भए २४ देखि २९ ।
रश्मि
विवाह गर्ने मान्छेले जहिले आफूलाई शारीरिक, मानसिक, आर्थिक एवं सामाजिक रूपमा परिपक्व सम्झन्छ त्यही उपयुक्त समय हो । यो उमेरले निर्धारण गर्ने कुरा होइन ।
सविता आचार्य
जुन उमेरमा खुसी हुने बहाना सकिन्छ, त्यही बेला गर्ने नि ।
अस्मिता
चालीस कटेसी रमाउने भनेसि ४० वर्षपछि नै सही होला ।
आर्यपुत्र