साप्ताहिक संवाददाता
मंसिर १६, २०७४
सत्तरीको दशकमा पहिलो पटक नेपाल आएका डेनमार्कका फोटोग्राफर ब्योर्नले त्यतिबेला खिचेका उपत्यकाका नेवारहरूको मुहार चित्रको प्रदर्शनी अहिले पाटनको यलमाया मण्डला क्याफेमा भैरहेको छ । द यल नेवामी कलेक्सन शीर्षकको उक्त प्रदर्शनीमा श्याम/श्वेत र रंगीन गरेर कुल ३४ वटा पोट्रेट छन् ।
उनले त्यतिबेला उपत्यकाका तीनवटै जिल्ला पैदल घुमेर ती तस्बिरहरू खिचेको बताएका छन् ।