मंसिर २६, २०७४
अभिनेत्री आलिया भट्टले बाहुबलीका अभिनेता प्रभाससँग चलचित्रमा सँगै अभिनय गर्ने प्रस्ताव अस्वीकार गरेकी छिन् । हाल छायांकनमा रहेको चलचित्र साहोमा प्रभास मुख्य भूमिकामा छन् । चलचित्र साहोमा अभिनेत्रीको भूमिका छोटो छ, त्यसैले आलियाले उक्त भूमिका निर्वाह गर्न अस्वीकार गरेको बताइन्छ ।
आफूले अभिनय गर्ने चलचित्रको भूमिका महत्वपूर्ण हुनुपर्ने अडान राख्दै आएकी आलियाले साहोमा समय दिन नसक्ने बताएपछि उनको स्थानमा अभिनेत्री श्रद्धा कपूरले अभिनय गरिरहेकी छिन् । श्रद्धाले भने साहोमा आफ्नो भूमिका कुनै पनि दृष्टिकोणबाट कम नभएको टिप्पणी गरेकी छिन् ।