साप्ताहिक संवाददाता
पुस ८, २०७४
अभिनेत्री सारिका घिमिरे केही समय अघि ‘मोहनी’ एल्वम लिएर स्रोता/दर्शकमाझ आएकी थिइन् । अभिनेत्रीबाट गायिकाको परिचय बनाउँदै गरेकी सारिका आफ्नो एल्वमभित्र रहेका गीतको म्यूजिक भिडियो बनाउँने क्रममा छिन् ।
यो क्रममा उनी अहिले ‘मुखै चिसो बनायो मुलको पानीले...’ बोलको गीतको म्यूजिक भिडियो बनाउँने क्रममा छिन् । उनको यो गीतको राजधानी स्थित वल्र्ड ट्र्ड सेन्टरमा छायांकन गरिएको छ ।
मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘मुखै चिसो बनायो मुलको पानीले...’लेमा राजन लामाको छायांकन र रुद्र बोहराको निर्देशन छ । गीतको भिडियोमा बी गोर्खाली ब्योजसँग दिक्पाल कार्की र सारीकाले रोमान्स गरेका छन् ।
शान्तिप्रियले लेखेको गीतमा सारिकाको स्वर रहेको छ भने यसलाई दीपक शर्माले कम्पोज गरेका हुन् ।