साप्ताहिक संवाददाता
पुस ९, २०७४
लेखक अनल गौतमको लभ@पच्चीस रोमान्टिक उपन्यास हो । अपरिचित युवा–युवतीबिचको प्रेमकथामा आधारित यो उपन्यास लेखकको चौथो कृति हो । यो उपन्यासमा विदेशबाट घुम्नका लागि नेपाल आएकी युवती र नेपालमा रहेर संघर्षरत युवाबीचको प्रेमकथा बुनिएको छ, त्यो पनि मात्र २५ दिनको । यसमा आधुनिक पुस्तामा अलि फरक ढंगले हुर्किएको कथा छ ।
यो पुस्तकले युवा वर्गसहित प्रौढहरूको मन पनि तान्छ । पात्रको नाम नतोकिए पनि यसमा ‘म’ र ‘उनी’ मुख्य पात्र छन् । कसैले पढ्दा आफ्नै कथाजस्तो ठानेर पढुन् भन्ने उद्देश्यले लेखकले यस्तो प्रयोग गरेका हुन् । यसमा धेरैका भोगाइ समेटिएका छन् । २ सय १२ पृष्ठको यो पुस्तक जयकाली प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य ३ सय ५० रुपैयाँ छ ।