साप्ताहिक संवाददाता
रोयल नेपाल डटकमले १ लाख नगद राशी पुरस्कार सहितको ‘बेष्ट मोडल अफ द इयर २०१८’ आयोजना गर्ने भएको छ । प्रतियोगीताले प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान दिने आयोजकको भनाई छ ।
एक बिज्ञाप्ती जारी गर्दै आयोजक रोयल नेपाल डटकमले ‘बेष्ट मोडल अफ द इयर २०१८’का लागि आवेदन खुल्ला भएको जानकारी दिएको छ । मोडलिङ पेसालाई व्यावसायिक एवं मर्यादित बनाउँदै नयाँपुस्तालाई मोडलिङका आधुनिक ज्ञान दिने लक्ष्य रहेको रोयल नेपालका म्यानेजिङ डाइरेक्टर प्रशान्त खड्गीले बताए ।
युवामा व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रियस्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुर्याउनेले दाबी खड्गीको थियो ।
१६ देखि ३२ वर्ष ननाघेका युवा–युवतीले प्रतियोगीतामा सहभागीता जनाउँन पाउँने छन् । बिजेताले १ लाख नगद सहित चलचित्र, बिज्ञापन चलचित्र र अन्तराष्ट्रिय फेसन शोमा सहभागीताको अवसर दिने आयोजकले जनाएको छ ।