साप्ताहिक संवाददाता
‘पर्यटनका लागि सँगसँगै’ भन्ने नारा सहित विवाहित तथा अविवाहित महिलाहरु एकै पटक सौन्दर्य प्रतियोगीतामा सहभागी हुने भएका छन् । ‘स्टार वन इन्टरटेनमेन्ट’ आयोजनामा यहि पुष २४ गते जमलस्थित राष्ट्रिय नाचघरमा ‘मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०१८’ नाम दिईएको उक्त प्रतियोगीता सम्पन्न हुने छ ।
‘मिसेज प्रतियोगीता’का लागि ३१ जना युवतीहरु छनौट भएका छन् । नेपाल पर्यटन बोर्डमा सम्पन्न ‘टयालेन्ट शो’बाट मनिशा अधिकारी, सन्तु श्रेष्ठ, सिवानी साह विष्ट, प्रतिमा केसी, गीता खनाल, तिलक्ष्मी भण्डारीलगायतका ३१ युवतीलाई अन्तिम प्रतियोगीताका लागि छनौट गरिएको हो ।
ट्यालेण्ट शोमा अभिनेताद्धय बिरेन्द्र हमाल र गजित बिष्ट, अभिनेत्रीद्धय निश्मा घिमिरे र बर्षा राउत, राजेन्द्र लुईंटेल र इभेन्ट निर्देशक शुशिल चन्दले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यस्तै ‘मिस टिन टुरिजम’का लागि १७ युवती छानिएका छन् ।