साप्ताहिक संवाददाता
पुस २२, २०७४
दोहोरी साँझमा गएर रम्नेहरूका लागि पोखराको चिप्लेढुङ्गामा सान्नानी दोहोरी साँझ सञ्चालनमा आएको छ । केही महिनाअघिदेखि अनौपचारिक रूपमा सञ्चालनमा आएको यो दोहोरी साँझप्रति दोहोरी पारखीहरूको आकर्षण भने बढ्दो छ । यहाँ शुक्रबार र शनिबार विशेष प्रस्तुति हेर्न पाइन्छ ।
यो दोहोरी साँझमा नियमित कलाकारका रूपमा जय कुमार परियार, सुनिल गायक, सजना बाँस्तोला, नवीन गायक, कसम हमाल, सुनिता हमाल, ईश्वर खड्का, उषा परियार, शान्ती कार्की, कुसन गायक, बुद्धि थापा, विशाल गायक, समीर गुरुङ, विमल गायक आदि प्रस्तुत हुन्छन् ।
बेला–बेलामा अतिथि कलाकारका रूपमा राष्ट्रिय स्तरका कलाकारहरू निम्त्याइने यो दोहोरी साँझमा बेलुका ७ बजेदेखि ११ बजेसम्म रम्न पाइन्छ ।