साप्ताहिक संवाददाता
पुस २२, २०७४
नेपालमै उत्पादित कफी बिन्सलाई आफैंले पिनेर बनाइने कफीका विभिन्न स्वादका लागि हाइल्यान्डका चेन क्याफेहरू उपयुक्त छनौट हुनसक्छन् । राति १० बजेसम्म सेवा प्रदान गर्ने हाइल्यान्ड विन्स कफीका शाखाहरू गौशालाको पिंग लास्थान, बत्तीसपुतली, ललितपुरको महालक्ष्मीस्थान तथा भक्तपुरको दतात्रयमा छन् ।
तीन जना साथी दुर्गाबहादुर श्रेष्ठ, अनिल चौहान एवं कुशल गिरीले सञ्चालनमा ल्याएको यो चेनलाई अझ विस्तार गर्दै जाने उनीहरूको योजना छ । हाइल्यान्डमा कफीका अतिरिक्त आफ्नै बेकरीमा उत्पादित केक र बेकरीका साथै मम, पास्ता, स्पागेटी, पिज्जा आदि समेत पाइन्छ ।