साप्ताहिक संवाददाता
पुस २८, २०७४
काठमाडौं घर भै नेपाल प्रहरीमा २८ वर्ष काम गरी सेवानिवृत्त भएका चित्रकार सुबोध घिमिरेले अमेरिकाको डिसी महानगर क्षेत्रमा अमेरिकामै आएर बनाएका चित्रहरूको एकल प्रदर्शन गरेका छन् ।
गत जनवरी ५ तारिख शुक्रबार प्रारम्भ भएको उक्त चित्रकला प्रदर्शनी जनवरी २६ तारिख सम्म चल्ने बताइएको छ । कलाकार घिमिरेको ‘पिस इन एब्स्ट्राक्सन’ अर्थात् ‘कल्पनामा शान्ति’ शीर्षकको उक्त प्रदर्शनी डिसी नजिक आर्लिङ्टनको फोकस ग्यालरीमा चलिरहेको छ ।
प्रदर्शनीमा राखिएका चित्र ४ सय डलरदेखि २ हजार ७ सय डलरसम्मका छन् । घिमिरेले नेपालबाहेक फ्रान्सको पेरिस तथा लियोनमा समेत चित्रकला प्रदर्शनी गरिसकेका छन् । अमेरिकामा उनको यो पहिलो प्रदर्शनी हो ।