साप्ताहिक संवाददाता
पुस ३०, २०७४
नेपाली समाजमा चल्तीको भनाई छ ‘साली कस्को भेनाको’ भन्ने । अब यहि चल्तीको भनाईलाई टाईटल बनाएर चलचित्र निर्माण हुने भएको छ । पुराना चलचित्र निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतीमा यो चलचित्र बन्ने भएको हो । ‘साली कस्को भेनाको’लाई भद्र भुजलले निर्देशन गर्ने भएका छन् ।
चलचित्रको माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायांकन सुरु गरिने बताईएको छ । यो चलचित्र चितवन र धम्पुसका विभिन्न स्थानमा छायाँकन गरिने छ । पुष्प आचार्यको कथा रहेने चलचित्रमा प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत समावेश गरिने छ ।
चलचित्रमा विल्सन विक्रम राई , सुष्मा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुष्कर गुरुङ लगायतका कलाकारले शिर्ष भूमिकामा अभिनय गर्ने छन् । यसै चलचित्रबाट दीपा सागर रजतपटमा डेब्यु गर्दैछन् ।