साप्ताहिक संवाददाता
माघ ३, २०७४
दुई सन्तान पाएपछि बाल्यकालदेखिकी प्रेमिका एन्टोनिला रोकुजोसँग विवाह गरेका लियोनल मेस्सी तेस्रो पटक बाबु बन्न लागेका छन् । बार्सिलोनाका स्ट्राइकर मेस्सी अहिले आफ्नी गर्भवती श्रीमतीलाई घुमाउन दक्षिण अमेरिकाको भ्रमणमा छन् ।
उक्त भ्रमणका क्रममा मेस्सीले आफ्नी श्रीमतीलाई दक्षिण अमेरिकाको लोकप्रिय तथा उनको टिमका साथीहरूको प्रिय पेयपदार्थ माटे ख्वाएका छन् । प्रशस्त मात्रामा कफिन पाइने यो पेय पदार्थ कफीजस्तै हुन्छ । यो पेयपदार्थ दक्षिण अमेरिकामा पनि अर्जेन्टिना तथा उरुग्वेमा बढी लोकप्रिय छ ।