साप्ताहिक संवाददाता
माघ ५, २०७४
गेटवे बिएचएमले भोलि शनिबार आगन्तुकहरूलाई तात्तातो म:मको स्वाद चखाउने भएको छ । हरेक वर्ष आयोजना हुने मोमोज एन्ड मोर फुड फेस्टिभलको यो तेस्रो श्रृंखला हो ।
उक्त फेस्टिभलमा सांगीतिक प्रस्तुतिसहित म:मका विभिन्न १५ भेराइटीका साथ ककटेल, स्न्याक्स, केक तथा पेस्ट्री आदिको स्वाद लिन पाइनेछ । प्रत्येक टिकटमा एक प्लेट म:म उपलब्ध हुने यो फेस्टिभलमै यो शनिबारको बिदा मनाउने हो कि ?
मिति : माघ ६ गते शनिबार
स्थान : गेटवे कलेज परिसर, वसुन्धरा
समय : दिउँसो १२ बजे
प्रवेश : १ सय रुपैंयाँ