साप्ताहिक संवाददाता
पोखरामा सविन राई
भोली पुस ६ गते शनिबार पोखरामा सविन राई एन्ड द फारोह ब्यान्डको कन्सर्ट हुँदैछ । पोखरा नयाँ बजार प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबारसाँझ ५ बजे यो कन्सर्ट सुरु हुने बताइएको छ । राईका साथ राजनराज शिवाकोटी र मिलन अमात्यले समेत प्रस्तुति दिनेछन् । मेलामा आज शुक्रबार साँझ काठमाडौंका मोडलहरूको सहभागितामा फेसन शो हुँदैछ ।
अविनाश घिसिङले पोखरा घन्काउने
पप गायक अविनाश घिसिङले भोलि माघ ६ गते शनिबार पोखरा घन्काउने भएका छन् । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाजले आयोजना गर्ने ल्होसार म्युजिक फेस्टिभलको मुख्य आकर्षणका रूपमा प्रस्तुत हुन लागेका घिसिङले आफ्ना चर्चित गीतहरू सुनाउनेछन् । अविनाशसँगै गायिका सोनिका लामा केसीसमेत प्रस्तुत हुनेछिन् । ल्होसारसम्बन्धी सांस्कृतिक कार्यक्रमले यो फेस्टिभलको रौनक थप्नेछ । यही कार्यक्रममा तेस्रो मिस तामाङ पोखराको विजेतासमेत छानिनेछिन् ।