माघ ८, २०७४
मिस नेपाल २०१८ को फारम खुल्ला गरिएको छ । ‘द हिडेन ट्रेजर’ले प्रत्यक वर्ष आयोजना गर्दै आएको मिस नेपालको यो वर्षको संस्करणका लागि फारम खुल्ला गरिएको हो ।
यो प्रतियोगीतामा २५ देखि ३१ वर्षसम्मका नेपाली युवतीहरुले सहभागीता जनाउन पाउने छन् । सहभागीताका लागि फेब्रुअरी १५ सम्ममा नाम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।
‘द हिडेन ट्रेजर’को आयोजनामा हुँदै आएको यस प्रतियोगीतमा रुस्लान एफ एम, कलर्स मोबाईल र लिभोनले प्रायोजन तथा सह–प्रायोजनका रुपमा आफ्नो भूमिका निर्वाह गर्ने छन् ।