साप्ताहिक संवाददाता
माघ १०, २०७४
चलचित्र ‘फेरि–फेरि’को औपचारिक घोषणा गरिएको छ । पुरन थापाको लेखन तथा निर्देशनमा बन्ने यो चलचित्रमा लगानी पनि थापाले नै गर्ने छन् । चलचित्रमा अर्पण थापा र अभिनेत्री ऋचा शर्माले जोडी बाध्ने छन् । मंगलबार राजधानीमा मुर्हत गरिएको चलचित्रका लागि अभिनेताद्धय अर्पण थापा र धर्मेन्द्र आचार्यले मुर्हत सटमा अभिनय गरेका थिए ।
यो चलचित्र माघ १८ गतेदेखि फ्लोरमा जाने निर्माण टिमले जनाएको छ । ‘फेरि फेरि’मा अर्पण र ऋचाका साथमा बिकास चापागाई, धर्मेन्द्र आचार्य, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकीलगायतले अभिनय गर्ने भएका छन् । चलचित्रमा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, बिकास चौधरी र पुरन थापाको संगीत रहने छ ।