साप्ताहिक संवाददाता
काठमाडौंको यात्रा गर्नु नपरोस् । किनभने अति नै प्रदूषण, फोहोर अनि धूलो ।
रोमन
महिनाको अन्तिम दिन उठ्ने प्रश्नले सताउँछ । यो महिनाको भाडा कसरी तिरौं ? आम्दानी केही छैन, तिर्नु त पर्यो पर्यो ।
कविजी
पैसा । पैसा नभए कुनै पनि काममा अघि बढ्न सकिँदैन । त्यसैले पैसोले सताउँछ हजुर †
अर्जुन अधिकारी
मायालुको यादले । किनभने त्यसलाई बन्द गर्ने कुनै अप्सन हुँदैन । यसले दैनिक सताइरहेको हुन्छ ।
कमलेश ठाकुर
कान्छीको यादले नि । बेला न कुबेला आइदिन्छ, के गर्नु ?
पागल प्रेमी
सीप छ, तर रोजगारीका लागि विदेश नै जानुपर्छ । यही कुराले सताउँछ ।
सन्तोष चाम्लिङ
याद, बेलाबेलामा आगोले भन्दा बढी पिरोल्छ ।
दीपक महत
पैसा कसरी कमाउने भन्ने कुराले सधैँ सताउँछ ।
दीपक महत
भविष्यमा के हुने हो भन्ने चिन्ता लाग्छ ।
सागर
प्रियसीको यादले सताउँछ । भर्खर प्रेममा जो परेको छु ।
खेम कल्पना
श्रीमतीले ।
शंकर कार्की
पैसाको समस्याले ।
दिवस थापा
मलाई विदेश जाने कुराले सताउँछ ।
सन्दीप सापकोटा
आफ्नो भविष्य र परिवारप्रतिको जिम्मेवारीले सताउँछ ।
विष्णु दाहाल
डरले सताउँछ ।
किसन अधिकारी
देशको चिन्ताले सताउँछ ।
दिलु घर्तीमगर
निद्राले सताउँछ ।
एनआरएन शिवाकोटी
उनको यादले सताउँछ ।
विप्लव काफ्ले
विभिन्न कुराको समस्याले सताउँछ ।
वेदप्रसाद
गाँठ कमाउने कुराले ।
मदन गुरुङ
देशको चिन्ताले सताउँछ–हाम्रो देशको बिग्रिएको राजनीति अनि असहज परिस्थितिले ।
सुरज घिमिरे
मलाई त भोकले सताउँछ । यसको कारण भन्नु पर्दैन होला सायद ।
किरण सेन
यादले किनभने पुराना दिनहरू कहिल्यै बिर्सन नसकिने रहेछ ।
काजी कमल
नेपालको राजनीतिले ।
खोटाङ्गे
जसले जे भने पनि आममानिसलाई सताउने कुरा पैसा र रोजगारी नै हो ।
टेकु
आफ्नो भविष्य सोच्दा मनमा आउने कुराले ।
करन
पैसाले सारै सताउँछ हजुर, केही दिने हो कि ?
रत्नाकर
चिसोले सताउँछ ।
आशिक महत
आमाको यादले सताउँछ ।
युमिका सिम्खडा पाण्डे
धेरै त पढाइले नै सताउँछ । किनभने जति अध्ययन गरे पनि रोजगारीका लागि बिदेसिनुपर्छ । देशमा राजनीतिक अस्थिरताबाहेक केही छैन ।
होमराज न्यौपाने
निद्रा, वाक्कै पारिसक्यो भन्या ।
प्रसन्न शर्मा
अरूले विश्वास नगर्दा ।
रामविलास यादव
चिन्ता नलिऊँ भन्दाभन्दै पनि आफैं आइहाल्ने ।
डिल्ली पाण्डे
कसैप्रति भरोसा गर्ने समय रहेन अहिले ।
प्रदीप लामिछाने
‘प’ अक्षरबाट सुरु हुने सबै चिजले सताउँछ मलाई । जस्तै–पैसा, प्रेम, प्रेमिका, परिवार, पढाइ, परीक्षा, परिश्रम, पनौती, पंगा आदि । आधा जिन्दगी त पबाटै उब्जिएका समस्या समाधान गर्दैमा बित्छ ।
सुशील भुसाल
श्रीमान्ले सताउँछन् ।
रोशा नेम्बाङ