हङ्कङमा राष्ट्रिय भलिबल टोलीको क्रेज गज्जब देखिएको छ । राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडी, अफिसियल, भलिबल संघका पदाधिकारीहरु लगायतको २१ जनाको टोली हङ्कङ पुगेको हो । टोलीमा ईश्वर थापा, हरिबहादुर अधिकारी, दुर्गा महतो, दिल सुनार, धन भट्ट, राज निरौला, नरेन्द्र गिरी, मान श्रेष्ठ, कुल थापा, भैरव बम, महेन्द्र श्रेष्ठ, क्याप्टेन एम मगर, भलिबल नेपाल संघका अध्यक्ष मनोरञ्जन रमण श्रेष्ठ, महासचिव जितेन्द्र श्रेष्ठ लगायत छन् ।
अन्र्तराष्ट्रिय फ्रेन्डसिप भलिबल टुनामेन्ट २०१८ का लागि हङ्कङ आएको राष्ट्रिय टिमलाई स्वागत र हौसला प्रदान गर्नका लागि ब्यस्तताको बीचमा पनि हङ्कङेली नेपालीहरुको सहभागिता ब्यापक थियो । राष्ट्रिय खेलकुदको मान्यता पाएको भलिबलको क्रेज, बिदेशी भुमिमा नेपालको प्रतिनिधीत्व गर्ने ऐतिहासिक कार्य जस्ता कारणले सम्पूर्ण हङ्कङेली हर्षित भएका छौं ।
सम्पन्न खेलले अन्र्तराष्ट्रिय खेलसीपको विकाससागै थप सम्भावनाहरु पहिल्याउाने खेलका संयोजक तथा पूर्वी एसियाका लागि भलिबल सद्भावना दूत निरञ्जन गुरुङ् बताउँछन् ।