साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकी अहिले निक्कै चर्चामा छन् । सँगै अभिनय गरेको चलचित्र ‘कृ’का कारण यो जोडी चर्चामा छ । सोही चलचित्रको एउटा गीत स्कटल्याण्डमा छायांकन सकेर यो जोडी नेपाल फर्किएको छ । उनीहरुसँगै निर्माण टिम पनि चलचित्रको गीत छायांकन पश्चात नेपाल फर्किएको छ । । ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो स्कटल्याण्डका केहि रमणिय स्थानमा छायांकन गरिएको हो ।
रोदित भण्डारीको शब्द/संगीत तथा स्वर रहेको यो गीतमा विशेष पाण्डेले पनि संगीत गरेका छन् । उक्त गीत छायांकनका केहि तस्विरहरु सार्वजनिक भएका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा अनमोल र अदितीका साथमा अनुप विक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारले शिर्ष भूमिकामा अभिनय गरेका छन् । यो चलचित्र माघ २६ गतेबाट रिलिज हुँदैछ ।