साप्ताहिक संवाददाता
माघ २२, २०७४
चलचित्र पद्मावतमा आफ्नो अद्भुत अभिनयका लागि अभिनेत्री दीपिका पादुकोणले चौतर्फी प्रशंसा पाएकी छिन् । चलचित्र प्रदर्शन भए लगत्तै दीपिकाले उच्चस्तरको प्रशंसा पाइरहेकी हुन् । चलचित्र समीक्षक तरण आदर्शदेखि रमेश बालासम्मले उनको अभिनय तथा सौन्दर्यको प्रशंसा गरेका छन् ।
चलचित्रको समीक्षामा दीपिकाको मात्र प्रशंसा गरिएको छ । समीक्षाहरूमा दीपिकाले आफ्नो अभिनय तथा आफ्ना आँखामार्फत अलग भावना व्यक्त गर्न सफल भएको उल्लेख गरिएको छ । दीपिकाले हालसम्म गरेको अभिनयमध्ये पद्मावत नै सर्वश्रेष्ठ रहेको बताइन्छ ।
दीपिकाले पाएको उत्कृष्ट प्रतिक्रियापछि दर्शकहरूसमेत यो चलचित्र हेर्न उत्साहित छन् । भारतका केही प्रान्तमा प्रदर्शन नभए पनि अन्य सहरमा चलचित्र पद्मावतको व्यवसाय उच्च रहेको बक्स अफिस रिपोर्ट छ ।