साप्ताहिक संवाददाता
माघ २५, २०७४
भैंसेपाटीस्थित गुड मिक्सर रेस्टुराँमा अनुभूति गुरुङ तथा सञ्जय महतले भोलि शुक्रबार लाइभ पर्फमेन्स दिँदैछन् ।
म्युजिकल साँझ
रोट्रयाक्ट क्लब अफ कुपण्डोलले भोलि शुक्रबार सिजन अफ लभ अनप्लग्ड एस–७ को आयोजना गर्दैछ । लगनखेलस्थित ललितपुर मलको क्लिफ रेस्ट्रो एन्ड बारमा सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत सेल्फी प्रतिस्पर्धा, रमाइला गेम, कपल गेम, नाँचगान जस्ता कार्यक्रम सञ्चालन हुनेछन् । यसका साथै सांगीतिक प्रस्तुति पनि रहनेछ । यो कार्यक्रमसम्बन्धी थप जानकारी रोट्रयाक्ट क्लब अफ कुपण्डोलको फेसबुकको पेजबाट प्राप्त गर्न सकिन्छ ।