साप्ताहिक संवाददाता
फाल्गुन ४, २०७४
भोलि शनिबारको बिदा सदुपयोग गर्न चाहनुहुन्छ भने ‘आइडियाज् इन एक्सन’ ले हाइकिङ जाने अवसर जुराइदिएको छ ।
युवाहरूलाई एक ठाउँमा ल्याउन, राम्रो नेटवर्क बनाउन, एक आपसमा नयाँ सीप र ज्ञान सिक्न–सिकाउन यो हाइकिङको आयोजना गरिएको हो । यो हाइकिङमा भाग लिन ‘आइडियाज् इन एक्सन’ को फेसबुक पेजमा गएर फर्म भर्नुपर्ने हुन्छ भने थप जानकारी पनि त्यही फेसबुक पेजबाट लिन सकिन्छ । हाइकिङ जाँदा ब्याकप्याक, हाइकिङ स्टिक, पानी, सन ग्लास तथा हल्का जुत्ता बोक्नु उपयुक्त हुन्छ ।
भेट्ने स्थान : सातदोबाटो
शुल्क : ८ सय ५० रुपैयाँ
रुट : गोदावरी, लाकुरीभन्ज्याङ, रानीकोट ।