साप्ताहिक संवाददाता
फाल्गुन १३, २०७४
पछिल्लो समय नेपाली चलचित्रका गीत/संगीतले लगातार करोडौं पटक हेर्ने दर्शक पाएका छन् । गत डिसेम्बर २९ मा युट्युबबाट सार्वजनिक गरिएको चलचित्र ‘सत्रु गते’को रुपै मोहनी बोलको गीतले पनि करोड बढी भ्युज पायो । यहि खुशीमा चलचित्र युनिटले केक काटेर सेलिब्रेसन गरेको छ । चलचित्रका निर्माता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त खुशियालीमा केक काटेर कलाकारलाई साथ दिएका थिए । सेलिब्रेसन कार्यक्रममा कलाकारहरु दीपक राज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई उपस्थित भएका थिए । सोही अवसरमा अभिनेता पल शाहको जन्मोत्सव सेलिब्रेसन पनि गरिएको थियो ।