साप्ताहिक संवाददाता
फाल्गुन १४, २०७४
चलचित्र ‘ब्ल्याक’को पोस्टर रिलिज भएको छ । आगामी जेठ ११ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री आँचल शर्मा र आकाश श्रेष्ठलाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा आँचल र आकाश प्रेमभावमा प्रस्तुत गरिएको छ ।
आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रको पोस्टर रिलिजसँगै औपचारिक रुपमा प्रचार प्रसारको थालनी गरिएको निर्माण टिमले जनाएको छ ।
एक्सन लभस्टोरी जनराको चलचित्र मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । प्रदिप श्रेष्ठ निर्देशित ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् ।