साप्ताहिक संवाददाता
फाल्गुन १९, २०७४
आगामी बैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भोर’को पोस्टर सार्वजनिक गरिएको छ । होलीको अवसर पारेर चलचित्र रिलिजको औपचारिक मिति घोषणा गर्नुका साथै पोस्टर सार्वजनिक गरिएको हो । चलचित्र मार्फत तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले जनाएको छ ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत भएका छन् । कृष्ण धाराबासीको लेखनमा तयार भएको चलचित्रमा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।